मंगलबार, साउन ५, २०८३

बंगबन्धु गोल्डकप : पहिलो हाफ गोल रहित बराबरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा साबिकको विजेता नेपाल राष्ट्रिय फुटबल टोलीले प्यालेस्टाइनसँग पहिलो हाफ गोल रहित बराबरी खेलेको छ । बंगलादेशको सिल्हेट खेल मैदानमा भएको खेलमा दुबै टोलीबाट गोल हुन नसक्दा पहिलो हाहफ बराबरीमा रोकिएको हो ।  

गर या मरको अवस्थामा रहेको  नेपालका लागि प्यालेस्टाइन फलामको च्युरा जस्तै बनेको । शुरुवाती समय देखिनै दबाबमा राखेको प्यालेस्टाइनले खेलको १६ औं र २२ औं मिनेटमा अवसर पाएको  थियो । 

तर, उक्त प्यालेस्टाइनी  खेलाडीको  प्रहारलाई गोल रक्षक विवेक कुथुले उत्कृष्ट बचाउ  गरेका थिए । ३५ औं  मिनेटमा नेपालले पनि अवसर पाएको थियो । तर, उक्त अवसर नेपालले पनि सदुपयो गर्न नसक्दा पहिलो हाफ गोल रहित सकिएको छ ।

नेपाले यो खेल जितेर मात्र अघिल्लो चार पार गर्न सक्ने छैन् । नेपालले अघिल्लो चरण पार गर्न प्यालेस्टाइनलाई फराकिलो गोल अन्तरले पराजित गर्नु पर्ने छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ । 

यदि नेपालले प्यालेस्टाइनलाई ३-० गोल अन्तरले पनि पराजित गर्न सके नेपाल अर्को चारणमा प्रवेश गर्ने छ । नेपाल मंगलबार भएको समूह चरणको आफ्नो पहिलो खेल ताजिकिस्तानसँग २-० गोल अन्तरले गुमाएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।