आइतबार, जेठ ३, २०८३

११ ब्रोकर कम्पनीले पाए शाखा विस्तार अनुमति

धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गर्दै ११ कम्पनीलाई २० स्थानमा शाखा खोल्न स्वीकृति दिएको हो।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं– नेपाल धितोपत्र बोर्डले ११ सेयर ब्रोकर कम्पनीलाई शाखा विस्तार अनुमति दिएको छ। बोर्डले नयाँ निर्देशिका जारी गर्दै ११ कम्पनीलाई २० स्थानमा शाखा खोल्न स्वीकृति दिएको हो।

National life

४ फागुनमा ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेको बोर्डले न्यूनतम चुक्ता पुँजीमा थप डेढ करोड चुक्ता पुँजी भएपछि शाखा कार्यालय खोल्न सक्ने व्यवस्था छ।

सबै विवरण तथा कागजात प्राप्त भएको मितिले १५ दिनमै पूर्वाधार तयार गरी शाखा कार्यालय खोल्न स्वकिृति दिने व्यवस्था उक्त निर्देशिकामा छ।

बोर्डले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई १९ शाखा कार्यालयका लागि शाखा विस्तार गर्न स्वीकृति दिएको हो। नयाँ निर्देशिकामा डेढ करोड चुक्ता पुँजी बराबर एउटा शाखा विस्तार गर्न अनुमति दिइने उल्लेख छ। 

बोर्डले १९ फागुनमा एउटा ब्रोकरलाई ६ स्थानमा, एउटालाई ३ स्थानमा, २ वटालाई २–२ स्थानमा र ७ वटालाई १–१ स्थानमा शाखा खोल्न अनुमति अध्यक्ष रमेश हमालले बताए। 

यसअघि ब्रोकरले शाखा कार्यालय खोल्न बोर्डमा आवेदन दिएर स्वीकृति पाउन महिनौं कुनुपर्ने प्रावधान थियो। तर नयाँ व्यवस्थाअनुसार ब्रोकर कम्पनीले निवेदन दिएको १५ दिनभित्रै बोर्डले जाँचबुझ गरेर शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिनुपर्ने व्यवस्था छ।

सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीले यसअघि काठमाडौं उपत्यकाबाहिर ६५ शाखा खोल्ने अनुमति पाएका थिए। नयाँ २० शाखा थपिएपछि कुल शाखा संख्या ८५ पुग्नेछ। काठमाडौंमा रहेको मुख्य कार्यालयसमेत जोड्दा केही समयभित्रै देशभर १३५ कार्यालयबाट सेयर ब्रोकर सेवा उपलब्ध हुने बोर्डले बताएको छ।

प्रकाशित: Mar 10, 2023| 12:15 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्