आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तराईमा बढ्यो गर्मी, जनकपुरको अधिक तापक्रम ३२ डिग्री सेल्सियस पुग्यो

तराईमा बढ्यो गर्मी, जनकपुरको अधिक तापक्रम ३२ डिग्री सेल्सियस पुग्यो

देशभर नै गर्मी बढ्न थालेको छ। तर, तराईका केही जिल्लामा भने औसतभन्दा बढी गर्मी बढेको छ।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- देशभर नै गर्मी बढ्न थालेको छ। तर, तराईका केही जिल्लामा भने औसतभन्दा बढी गर्मी बढेको छ।

National life

प्रिमनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको महाशाखाको भनाइ छ। धरानमा ३१ दशमलव ८, भैरहवामा ३१ दशमलव ९, सिमरामा ३१ दशमलव ४, विराटनगरमा ३१ दशमलव २, नेपालगञ्जमा ३० दशमलव ७ डिग्री सेल्सियस तापक्रम पुगिसकेको छ।

हिउँदयाममा वर्षा र हिमपात खासै नभएकाले गर्मी थप बढ्ने अनुमान गरिएको छ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ। एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ।

kumari

प्रकाशित: Mar 10, 2023| 08:35 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।