शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्र हितमात्रै काम गर्न नवनिर्वाचित राष्ट्रपतिलाई माधव नेपालको सुझाव

राष्ट्र हितमात्रै काम गर्न नवनिर्वाचित राष्ट्रपतिलाई माधव नेपालको सुझाव

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्न आग्रह गरेका छन्।

‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो। उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ। राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन। देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि नेपालले भने।

राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविक‍रूपमा अगाडि बढ्ने नेपालको प्रतिक्रिया छ।
 

प्रकाशित: Mar 09, 2023| 19:14 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...