आइतबार, जेठ ३, २०८३

हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ ।

National life

यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा रू २०० सम्म क्यासब्याक पाइनेछ । इन्स्योरेन्स्को प्रिमियम अनलाइन मार्फत भुक्तान गर्नका लागि प्रात्साहन गर्नका लागिल इसेवाले यो सुविधा ल्याएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।

प्रकाशित: Mar 09, 2023| 16:23 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्