आइतबार, जेठ ३, २०८३

साताको अन्तिम दिन कारोबार दिन नेप्सेमा उछाल

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उछाल आएको छ। आज नेप्से ५०.४ अंकले बढेर २ हजार २ अंकमा पुगेको छ। 

National life

आज १ अर्ब ५६ करोड ५५ लाखमाथिको कारोबार भएको छ। यस्तै, २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ। २ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

बिहीबार बैंकिङ उपसमूह २३, विकास बैंक उपसमूह १०५, फाइनान्स उपसमूह ५६, होटल तथा पर्यटन उपसमूह ६६, जलविद्युत् उपसमूह ९०, जीवन बिमा उपसमूह ३१३, उत्पादन उपसूमह ६८, माइक्रोफाइनान्स उपसमूह १०९, निर्जीवन बिमा उपसमूह २५२, अन्य उपसमूह ३१ र व्यापार उपसमूह ४३ अंकले बढेको छ।

धेरै बढ्नेमा मध्येमा शुभम् पावर लिमिटेडको मूल्य १० प्रतिशत, नेपाल इन्स्योरेन्सको ९ दशमलव ४ प्रतिशत, शिवश्री हाइड्रोको ८ दशमलव ५ प्रतिशत, अभियान लघुवित्तको ७ दशमलव ५ प्रतिशत,जोशी हाइड्रो लिमिटेडको ७ दशमलव ४ प्रतिशतले बढेको छ।

प्रकाशित: Mar 09, 2023| 15:57 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्