बिहीबार, वैशाख २७, २०८१

कालो भएकै कारण फिल्ममा रोल पाउँदैनथे सतीश कौशिक

सतीशले मिस्टर इन्डियाबाट बलिउडमा फरक पहिचान बनाएका थिए। उनले फिल्ममा अभिनय गरेर मात्रै होइन- पटकथा लेखक, निर्देशक र निर्माता बनेर पनि नाम र दाम कमाए। यसबाहेक उनले टिभी सिरियलमा पनि काम गरेका थिए।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

चर्चित चलचित्र निर्माता तथा अभिनेता सतीश कौशिकको ६६ वर्षको उमेरमा बिहीबार निधन भएको छ। कौशिक होली मनाउन दिल्लीस्थित गुरुग्राममा एक साथीको घर गएका थिए। त्यहीँ उनलाई हृदयघात भएको थियो। 

triton college

बुधबार राति एक्कासि उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। सतीश कौशिकका भतिज निशान्त कौशिकले जीवनमा पहिलो पटक उनलाई हृदयघात भएको बताए।

सतीशको बाल्यकाल हरियाणा र दिल्लीमा बितेको थियो। सन् १९७२ मा दिल्लीको किरोरी मल कलेजबाट स्नातक पूरा गरेपछि उनी नेसनल स्कुल अफ ड्रामा एण्ड फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा भर्ना भए। त्यहाँ उनले अभिनय सिके र त्यसपछि माया नगरी मुम्बईको बाटो तताए।

सतीशले मिस्टर इन्डियाबाट बलिउडमा फरक पहिचान बनाएका थिए। उनले फिल्ममा अभिनय गरेर मात्रै होइन- पटकथा लेखक, निर्देशक र निर्माता बनेर पनि नाम र दाम कमाए। यसबाहेक उनले टिभी सिरियलमा पनि काम गरेका थिए।

सतीश कौशिकको जन्म १३ अप्रिल १९५६ मा हरियाणामा भएको थियो। पढाइ भने दिल्लीमा भयो। उनले नेसनल स्कुल अफ ड्रामाबाट अभिनय सिके। सतीशले सहायक निर्देशकको रूपमा आफ्नो करिअर सुरु गरेका थिए। उनले क्यालेन्डर (मिस्टर इन्डिया), 'मुट्टु स्वामी' (साजन चले ससुराल), 'पप्पु पेजर' (दीवाना मस्ताना) जस्ता धेरै यादगार पात्रहरू खेलेका छन्।

corrent noodles
Metro Mart

सतीशले मिस्टर इन्डियाबाट बलिउडमा फरक पहिचान बनाएका थिए। उनले फिल्ममा अभिनय गरेर मात्रै होइन- पटकथा लेखक, निर्देशक र निर्माता बनेर पनि नाम र दाम कमाए। यसबाहेक उनले टिभी सिरियलमा पनि काम गरेका थिए।

उनको अभिनय यात्रा त्यति सहज भने थिएन। उनको कालो रंगका कारण धेरै पटक फिल्ममा रोल नै पाउँदैनथे। फिल्ममा रोल नपाएपछि समस्यामा परेर सतिश कौशिकले श्याम बेनेगललाई फिल्म 'मंडी'का लागि आफ्नो एक्सरे गराए। एक्सरे गरेर उनले श्याम बेनेगललाई भने, 'हेर म भित्रबाट राम्रो छु'। श्याम बेनेगललाई सतीश कौशिकको यो कुरा धेरै मन पर्यो र उनले फिल्ममा काम गर्ने मौका दिए।

kaushik_54561678355068.jpg

रंगमञ्चबाट करिअर सुरू गरेका कौशिक कुन्दन शाहको चर्चित फिल्म 'जाने भी दो यारो'मा लेखकका रूपमा सहभागी थिए। फिल्मको क्लाइमेक्समा महाभारतको चीरहरणको दृश्यमा हनुमान आइपुग्ने दृश्य सतिशले नै लेखेका थिए।

शेखर कपुरको 'मिस्टर इन्डिया' र शुभाष घईको 'रामलखन' जस्ता फिल्मबाट कमेडियन बनेका सतिश पछि कमेडियनका रूपमा निकै मन पराइएका थिए। दिवाना मस्ताना, साजन चले ससुराल, क्यु कि मै झुट नही बोलता जस्ता फिल्ममा गोविन्दासँग उनको जोडी जमेको थियो। क्यालेन्डर र पप्पु पेजरजस्ता उनका चरित्र चर्चित छन्।

बोनी कपुरले निर्माण गरेको अनिल कपुर-श्रीदेवी स्टारर 'रूप कि रानी चोरों का राजा'बाट उनले निर्देशन थालेका थिए। त्यसबेलाको सबैभन्दा महँगो यो फिल्म फ्लप भएको थियो। पछि उनले 'हम आप के दिल मे रहते हैं' तथा 'तेरे नाम' जस्ता हिट फिल्म निर्देशन गरे। सलमान खानले निर्माण गरेको र पंकज त्रिपाठीले अभिनय गरेको 'कागज' पनि उनले निर्देशन गरेका थिए। एक दिन अगाडिमात्रै सतिशले जावेद अख्तर, शबाना आजमीसँग होली खेलेको फोटो ट्विटरमा हालेका थिए।

आफ्नो पुस्तक 'सच कहुँ तो' मा नीनाले सतिशबारे किस्सा उल्लेख गरेकी छन्। नीनाले वेस्ट इन्डिजका क्रिकेटर भीभ रिचर्डससँग बिहे नगरी छोरी जन्माएपछि नीनाको ठूलो बदनामी भएको थियो। त्यतिबेला सतिशले नीनालाई आफूसँग विवाह गरी यो बदनामीबाट जोगिने प्रस्ताव गरेका थिए। नीनाले सो प्रस्ताव स्वीकार भने गरिनन्। नीनालाई सो प्रस्ताव गर्नुअघि नै विवाहित थिए कौशिक। 

kaushik_nina_gupta1678355068.jpg

सतीश कौशिकका यादगार फिल्महरू 'जाने भी दो यारो', 'उत्सव', 'सागर', 'राम लखन', 'स्वर्ग', 'जमाई राजा', 'अंदाज', 'साजन चले ससुराल''दीवाना मस्ताना', 'मिस्टर एण्ड मिसेस खिलाडी', 'आन्टी नम्बर वन', 'बडे मियाँ छोटे मियाँ', 'आ अब लौट चलें', 'हसीना मान जायेगी', 'दुल्हन हम ले जायेंगे', 'हद कर दी आपने' उनले 'क्युंकी मैं झुट नही बोलता', 'हम किसी से कम नही', 'अतिथी तुम कब जाओगे', 'उडता पञ्जाब' 'फन्ने खान' आदि हुन्।

प्रकाशित: Mar 09, 2023| 15:29 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।