आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भैरहवा विमानस्थलबाट जजिराको अन्तर्राष्ट्रिय उडान पुनः सुरु

भैरहवा विमानस्थलबाट जजिराको अन्तर्राष्ट्रिय उडान पुनः सुरु

बिहीबार बिहान कुवेतबाट ६६ जना यात्रु लिएर आएको जजिराको विमान गौतमबुद्ध विमानस्थलबाट ९९ जना यात्रु लिएर उडेको छ।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं– यात्रु अभाव र खराब मौसमलाई  कारण देखाएर ६ पुसदेखि सेवा बन्द गरेको कुवेती ध्वजावाहक जजिरा एयरलाइन्सले बिहीबारदेखि गौतमबुद्ध विमानस्थलबाट पुनः उडान सुरु गरेको छ।

National life

२ जेठ २०७९ देखि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्पनीले पुरानै तालिकाअनुसार साताको तीन उडान गर्नेछ।

बिहीबार बिहान कुवेतबाट ६६ जना यात्रु लिएर आएको जजिराको विमान गौतमबुद्ध विमानस्थलबाट ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ।

जजिराले अब सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि उडान रोकेको छ। जजिराको उडानसँगै अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीले पनि गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने झाको भनाइ छ।

प्रकाशित: Mar 09, 2023| 14:03 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्