बुधबार, कात्तिक ५, २०८२

महिला स्वास्थ्य सम्मेलन सुरु 

दुई दिने सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुमा छलफल एवं प्रस्तुति हुनेछन्।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं– नेपालमा पहिलो पटक दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरु भएको छ। बिहीबार र शुक्रबारसम्म आयोजना गरिने सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अग्रसरतामा सञ्चालन भएको हो।

Kumaribank

सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित रहने बताइएको छ। सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुमा छलफल एवं प्रस्तुति हुनेछन्।

यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर–किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुति हुनेछ।

कुल ८५ कार्यपत्र पेस हुने सम्मेलनमा करिब ३ सय प्रतिनिधिको सहभागिता रहेको छ।

महिला स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैरसरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्थालगायत प्रतिनिधि एवं विज्ञ व्यक्तित्वको सहभागिता रहेको छ।

Metro Mart

महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौती एवं अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ।

महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त तुल्याउन आवश्यक तत्त्व अनुसन्धान, क्षमता अभिवृद्धि, नीति निर्माण र पैरवीबीचको अन्योन्याश्रित सम्बन्धलाई थप प्रगाढ तुल्याउनु सम्मेलनको अर्को उद्देश्य हो।

महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विद्वान एवं विज्ञ र कार्यक्रमका कार्यान्वयनकर्ताबाट सिर्जित तथ्यांक, तथ्य, सिकाइ र दृष्टिकोणलाई साझा गर्ने, महिला स्वास्थ्य क्षेत्रमा भएका नवीन प्रयास र सफलतालाई प्रदर्शित गर्ने, महिला स्वास्थ्य विषयमा नीति निर्माणकर्ता र कार्यक्रम कार्यान्वयनकर्ताबीचको साझेदारी एवं सहकार्यलाई सबल पार्ने, प्राथमिकताको सूचीमा राख्नुपर्ने महिला स्वास्थ्यका विषयबारे पहिचान गर्ने र नीति निर्माणमा योगदान दिने सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

प्रकाशित: Mar 09, 2023| 11:20 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्