शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

National life

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको छ।

उनीमाथि ५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएको थियो।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारू माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले १० वर्षे युद्धकालमा भएको ५ हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए। सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए।
 

प्रकाशित: Mar 09, 2023| 10:42 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...