आइतबार, वैशाख १३, २०८३

अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान नयाँदिल्लीमा निधन भएको छ। ६६ वर्षीय कौशिकको हृदयाघातका कारण निधन भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

National life

अभिनेता अनुपम खेरले आज बिहान ट्विट गर्दै पहिलोपटक यो जानकारी दिएका हुन्। अनुपमले लेखेका छन्, 'सतीश, तिमी बिनाको जीवन उस्तै हुनेछैन।' 

आज बिहान साढे ५ बजे निधन भएपछि उनलाई अस्पताल ल्याइएको थियो। उनी गुरुग्रामस्थित साथीको घरमा गएको र त्यही हृदयाघात भएको बताइएको छ।

यही मार्च ७ मा मात्र कौशिक जावेद अख्तरले जानकी कुटीर जुहुमा आयोजना गरेको होली पार्टीमा सहभागी भएका थिए। उनले त्यहाँको तस्बिर ट्विट गर्दै सबैलाई होलीको शुभकामना समेत दिएका थिए।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए। बलिउडमा आउनुअघि उनले नाट्य शालाहरुमा अभियन गर्थे। उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए।

kumari

कौशिकले अभियन गरेका मिस्टर इन्डिया (१९८७), दिवाना मस्ताना (१९९७) चर्चित फिल्म हुन्। उनले सन् १९९० मा 'रामलखन' र सन् १९९७ मा 'साजन चले ससुराल' फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए।

'रूप के रानी चोरोंका राजा (१९९३) फिल्मबाट निर्देशनमा आएका कौशिकले 'हम आपके दिलमे रहेते है (१९९९), 'तेरे नाम (२००३) जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए।

प्रकाशित: Mar 09, 2023| 10:29 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।