शनिबार, जेठ २, २०८३

रास्वपा बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने

राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय लिँदैछ।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय लिँदैछ।

National life

रबि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो। पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ। 

रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो। 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बीच प्रतिस्पर्धा हुनेछ।
 

प्रकाशित: Mar 09, 2023| 06:55 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...