आइतबार, वैशाख १३, २०८३

काठमाडौंमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

National life
kumari

काठमाडौं- काठमाडौंको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–९ स्थित इन्द्रेणी चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा शंखरापुर नगरपालिका–७ बस्ने ५० वर्षीय पवनलाल श्रेष्ठ र शंखरापुर–९ घर भएका २१ वर्षीय अनिश खड्का छन्। श्रेष्ठ बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा थलीबाट साँखुतर्फ जाँदै थिए। अनिश खड्का बा.८२ प ८३५७ नम्बरको मोटरसाइकलमा थलीतर्फ आउँदै थिए।

अनिशभन्दा पछाडिबाट आउँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ। तर, प्रत्यक्षदर्शीले टिपर पछाडि नै रहेको जिकिर गरेका छन्। घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ। टिप्पर चालक फरार छन्।

प्रकाशित: Mar 09, 2023| 06:42 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।