मंगलबार, साउन ५, २०८३

बंगबन्धु गोल्डकप : नेपाल प्यालेस्टाइनको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

काठमाडौं- बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको दोस्रो खेलमा आज (शनिबार) साबिकको विजेता नेपालले बलियो टोली प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सिल्हेट मैदानमा खेलमा नेपाली समय अनुसार बेलुका ६:१५ मा सुरु हुनेछ । 

मंगलबार भएको समूह चरणको पहिलो खेल गुमाएको नेपालका लागि यो खेल गर या मकरको  अवस्थामा हुने छ । नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न प्यालेस्टाइनलाई फराकिलो गोल अन्तरले पराजित गर्नु पर्ने छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ । 

नेपाल समूह चरणको आफ्नो पहिलो खेल ताजिकिस्तानसँग २-० गोल अन्तरले  पराजित हुदै आफ्नो अघिल्लो चरणको यात्रा कठिन बनाएको थियो । नेपालले प्यालेसटाइनमाथि कम्तिमा ३-० गोल अन्तरले पराजित गर्नु  पर्ने छ ।  

किनकी समूह ‘ए’ मा रहेको नेपालले अंक बिहिन छ भने यता, प्यालेस्टाइन र ताजकिस्तानले ३-३ अंक जोडेको छ । प्यालेस्टाइनविरुद्ध नेपालले जिते ३ अंक जोड्ने छ तर, नेपालले  समूह चरण पार गर्न गोल अन्तरको भर पर्नु पर्ने छ । 

यसै खेलको नतिजाले समूह ‘ए’ को अघिल्लो चरण पुग्ने दुई टोलीको तय हुनेछ । तर, प्यालेस्टाइनविरुद्ध जित निकाल्न नेपाललाई फलामको च्युरा चपाउनु सरह हुनेछ । किनकी प्यालेस्टाइनविरुद्ध नेपालका तीन मुख्य खेलाडी घाइते छन् । उनीहरु मैदान उत्रने तय भएको छैन । 

तीन मुख्य डिफेन्डर विराज महर्जन, आदित्य चुधारी र अनन्त तामाङको उपस्थिति अन्योलमा छ । पछिल्लो समय नेपालले गत अक्टोबरमा एएफसी एसियन कप अन्तर्गतको खेलमा प्यालेस्टाइनसँग गोलरहित बराबरी खेलेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।