आइतबार, जेठ ३, २०८३

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

माछापुच्छ्रे बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोर्स) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ।

National life

सम्झौतापत्रमा सेल्सबेरीका तर्फबाट अध्यक्ष सुशीलमान प्रधानाङ्ग तथा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात सेल्सबेरी र सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकले विभिन्न डिजिटल माध्यमबाट (क्युआर वा पिओएस) मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। 

सेल्सबेरी र सेलवेजले काठमाडौं, पोखरा र आसपासका क्षेत्रमा आधुनिक सुपरमार्केटहरु स्थापना गरी सञ्चालन गर्दै आइरहेको छ। एउटै छानामुनी सम्पूर्ण सामान उपलब्ध गराउने गरी सेलवेज ग्रुपले निरन्तर सेवा विस्तार गरिरहेको छ।

बैंकले हाल १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Mar 08, 2023| 11:25 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्