आइतबार, वैशाख १३, २०८३

‘कालोमोसो’ दस्ताका संयोजक चितवनबाट पक्राउ

दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

चितवन- दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्।

National life

उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो। थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलले जानकारी दिए।

कालोमोसोका संयोजक थापालाई तत्काल रिहा गर्न अभियानले आग्रह गरेको छ। रिहाई नगरिए संघर्षका कार्यक्रम गरिने अभियान्ता पौडेलले बताए। त्यसका लागि अभियानको सचिवालयमा छलफल भइरहेको उनको भनाई छ।

कालोमोसो दस्ताका संयोजक थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

प्रकाशित: Mar 08, 2023| 10:30 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।