आइतबार, वैशाख १३, २०८३

दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

दार्चुलामा भारतीय नागरिक सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- दार्चुलामा भारतीय नागरिक सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्।

National life

मधेस प्रदेश ०३–००–०३४० नम्बरको जीप महाकाली नगरपालिका–४ बांगाबगर खानेपानी ट्यांकी नजिक लास्कु खोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका गम्भीर अवस्थाका तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानकारी दिए। 

स्थानीय डुङरी मन्दिरमा पूजापाठको लागि गएकाहरु सवार जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

kumari

प्रकाशित: Mar 08, 2023| 08:12 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।