शनिबार, जेठ २, २०८३

प्रचण्डविरुद्धको रिट इमोसनल ब्ल्याकमेलिङ : चौधरी

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डविरुद्धको रिटलाई राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वारको संज्ञा दिएका छन्। 

National life

मंगलबार फेसबुकमार्फत् उनले रिट दायर गरेर इमोसनल ब्ल्याकमेलिङ गरिएको भन्दै कोही त्रसित वा खुसी हुन आवश्यक नरहेको बताएका छन्। यस विषयमा केही काम बाँकी भए पनि अधिकांश विषय संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षको बीचमा प्रकृया मिलाएर टुंगोमा पुगेको उनको तर्क छ।

‘कमरेड प्रचण्डविरुद्ध सर्वोच्चमा गरेको रिट र हुन सक्ने सम्भावनाको विषय केवल भ्रमित कुरा मात्रै हो। तत्कालीन समयमा संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षको बीचमा प्रक्रिया मिलाएर टु‌गोमा पुगेको विषय हो। हो केही काम बाँकी छ। यो सरकारले टुंगोमा पुर्याउने विषय हो। यसैले कस‌ैले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौं र खुसी पनि हुनु जरूरी छैन। यो फगत भ्रम हो। प्रक्रियाले यो टुंगिन्छ। राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सी लडाइँ हो। इमोसनल ब्ल्याकमेलिङ हो,’ चौधरीले लेखेका छन्।

सर्वोच्च अदालतमा माओवादी जनयुद्धका सुप्रिमो कमान्डर तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता भएपछि नेपाली राजनीति तरंगित भएको छ। 

प्रकाशित: Mar 07, 2023| 17:51 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...