मंगलबार, साउन ५, २०८३

‘सिरी-ए रोनाल्डोका लागि सहज छैन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
टुरिन (एजेन्सी)- यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सिरी-ए मा ला लिगा भन्दा केहि अफ्टेरो हुने सिरी-ए का अनुभवि कफुले बताएका छन् । 

रोनाल्डगोका बारेमा बताउदै पुर्व ब्राजिलियन तथा मिलान सेन्टर ब्याक कफुले भने, ‘उनी सिरी-ए लाई धेरै दृश्यता दिदै छन् । उनी सिरी-ए मा थोरै पिडित हुने छन् । किनकी सिरी-ए टिम विपरित र शारिरिक संपर्कको संदर्भमा सिरी-ए ला लिगा भन्दा धेरै कठिन छ ।’ 

उनले  थपे, ‘रोनाल्डो सधै क्रिस्टियानो रोनाल्डो नै हुन् । उनी दुनियाँका सबैभन्दा राम्रो खेलाडी हुन् र सिरी-ए लाई केहि स्टार पावर दिने छन् ।’ सिरी-ए लिगले आफ्नो आकर्षण गुमाएको र प्रतियोगिता कमजोर भएको समेत कफुले गुनासो पोखे । 

‘अब हामीसँग एक अर्को प्रतिस्पर्धी सिरी-ए छ । मेरो किशोरावस्थामा हरेका कोहि पनि इटालीमा खेल्न चाहन्थे । जहाँ रोमा, मिलन, लाजिओ, युभेन्ट्स, स्याम्पडोरिया र नेपोली जस्ता क्लब छन् ।’ 
उनले भने, ‘कुनै पनि खेलाडीको इटाली च्याम्पियनपिसपमा खेल्नका लागि एक सपना थियो । दुर्भाग्यवश अहिले प्रिमियर लिग, बुन्डेसलिगा र ला लिगा भन्दा कम प्रतिस्पर्धी भएको छ । सिरी-ए ले पहिलो जस्तै बन्नु पर्ने छ । जस्तो हामीले पहिला देखेका थियौ ।’

रोनाल्डोले शुरुवातमा थोरै संघर्ष गरेका थिए । किनकी उनले आफ्नो पहिलो गोल गर्न तीन खेल खेल्नु प¥यो । तर, त्यसपछि उनले कहिले पछि हेर्नु परेको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।