आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकद्वारा २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

एभरेष्ट बैंकद्वारा २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

National life

एभरेष्ट बैंकले २५ लाखको ‘एभरेष्ट बैंक अक्षयकोष’ को स्थापना गर्ने भएको छ। बैंकले नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने उत्कृष्ट अंक प्राप्त नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो।

यसका लागि बैंकले नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन्। बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एटिएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ।

यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
 

प्रकाशित: Mar 07, 2023| 14:51 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्