सोमबार, चैत २, २०८२

दाइजोको निहुँमा फोनबाटै तीन तलाक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारत- उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन्। मुस्लिम समुदायका नागरिकमा श्रीमानले श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन पटकसम्म प्रयोग गरेमा सम्बन्ध विच्छेद भएको मानिने प्रचलन छ। 

दाइजोको निहूँमा ती पुरुषले तलाक दिएको समाचारमा जनाइएको छ। भारतको केन्द्रीय सरकारले मौखिकरुपमा तीन पटकसम्म तलाक भनेपछि सम्बन्ध विच्छेद भएको ठहरिने गरिएको यस प्रचलनलाई निरन्तरता दिन नपाइनेगरी अध्यादेश ल्याएको छ। 

त्यसैले तलाक दिने ती पुरुषका विरुद्ध श्रीमतीले भने मुद्दा दायर गरेकी छन्। पीडित श्रीमती नुरीकी आमा रेशमाकाअनुसार दाइजो नल्याएको कारणबाट पीडित ती महिलालाई घरका परिवारले दुःख दिएका थिए । 

तीन तलाकबाट पीडित महिला नुरीकाअनुसार उनको विवाह आठ महिना अगाडि भएको थियो। मोटरसाइकल र ५० हजार रुपैयाँ माइतीबाट ल्याउन भन्दै सासुले पिट्ने गरेकी नुरी बताउँछिन् । 

प्रहरीले तलाक दिने पुरुषका विरुद्धको मुद्दा दर्ता गरेको छ। नुरीका श्रीमान् साउदी अरेबियामा छन्। उनले त्यहीँबाट टेलिफोन मै तलाक दिएका थिए। 

यस घटनाको अनुसन्धान सुरु भएको र आवश्यक कारबाही गरिने प्रहरीले जानकारी दिएको छ। मुसलमान समुदायमा तीन पटकसम्म तलाक दिइने प्रचलन विगत लामो समयदेखिकै हो। 

मुस्लिम नारीहरुमा दिने गरिएको तलाकका कारण उनीहरुमा परेकोले सरकारले हालैमात्र यो प्रचलनलाई निरन्तरता दिन नपाइने भन्दै अध्यादेश नै ल्याएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।