आइतबार, जेठ ३, २०८३

हिमालयन बियर नेपाली बजारमा 

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

National life

सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ। होलीलाई लक्षित गर्दै बियर बजारमा ल्याएको कम्पनीले बताएको छ। 

गोदावरीस्थित मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको उल्लेख छ। कम्पनीका अनुसार उत्कृष्ट युरोपेली हप्स र टु-रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियरभन्दा रिफ्रेसिङ छ। यो बियरमा ६ प्रतिशत अल्कोहल छ। 

बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनीले लिएको छ। कम्पनीले ३३० मिलिलिटर (एमएल) र ६५० एमएल बोतलमा उपलब्ध छ। ६५० एमएलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको १६५ रुपैयाँ कायम गरेको छ।  
 

प्रकाशित: Mar 07, 2023| 12:55 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्