आइतबार, जेठ ३, २०८३

बेकोको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

National life

युरोपको इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी सुरु भएको यो क्याम्प सीमित अवधिका लागि सम्पूर्ण एसीका ग्राहक वर्गलाई लक्षित गरी बेकोको नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले ल्याएको हो। 

योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्ने जनाइएको छ। नयाँ बेको एसीहरूमा १० वर्षको कम्प्रेसर वारेन्टी रहेको उल्लेख छ।

साथै, कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने कम्पनीले जनाएको छ।
 

प्रकाशित: Mar 07, 2023| 11:47 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्