मंगलबार, साउन ५, २०८३

टी-२० विश्वकप छनोट : नेपालले मलेसियाविरुद्ध फिल्डिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मलेसियामा जारी ट्वान्टी-२० विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध फिल्डिङ गर्दैे छ । बायोमास ओभल क्रिकेट मैदानमा जारि खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने निम्तो पाएको हो । 

उपाधिको एक्लो दाबेदार नेपाललाई जारी प्रतियोगितामा अलि टक्कर दिन सक्ने टोली मलेसिया हो । तर, पनि मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन ।
 
सन् २०१० मा नेपाल र मलेसिया एउटै स्तरका टोली थिए । यी दुवै डिभिजन ५ मा सँगै खेल्थे । तर पछिल्लो ८ बर्षमा नेपाल र मलेसिया क्रिकेटको स्तर फरक छ । मलेसिया डिभिजन ४ मै कायम रहँदा नेपालले वा डे मान्यता पाई सकेको छ । 

तर मलेसियाले एक महिना अघि मलेसियामानै सम्पन्न एसिया कप छनोट प्रतियोगितामा नेपाललाई कडा टक्कर दिएको थियो । पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।