आइतबार, जेठ ३, २०८३

स्काई प्रिमियम भोड्का बजारमा

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ।

National life

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादका लागि एक नयाँ स्ट्यान्डर्ड सेट गर्न विशेष एवं फरक स्वाद पस्किन, बजारमा ल्याइएको प्रिमियम भोड्का ब्रान्ड हो। 

पाँचपटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मुथ रिफ्रेसिङ टेस्ट रहेको जनाइएको छ। यसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ।

उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लू प्रिमियम बोतलमा सात सय ५० मिलि र एक सय ८० मिलि बजारमा उपलब्ध छ।
 

प्रकाशित: Mar 07, 2023| 11:23 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्