आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २६ वर्षीय युवकको पेटमा रक्सीको बोतल, चिकित्सकले गरे सफल शल्यक्रिया

२६ वर्षीय युवकको पेटमा रक्सीको बोतल, चिकित्सकले गरे सफल शल्यक्रिया

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका एक युवकको पेटमा रक्सीको बोतल भेटिएको छ।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका एक युवकको पेटमा रक्सीको बोतल भेटिएको छ। चिकित्सकले शल्यक्रिया गरी ती युवकको पेटबाट सिसाको बोतल निकालेका छन्। 

National life

त्यसरी रक्सीको बोतल भेटिनेमा रौतहटको गुजरा नगरपालिका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरी रहेका छन्।

पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे नेतृत्वको टोलीले सोमबार बिहान शल्यक्रिया गरी मन्सुरीको पेटमा रहेको बोतल निकालेको हो।

उनको पेटमा रक्सीको बोतल पुग्नुको घटना भने अनौठो छ। मन्सुरीको आइतबार बिहान अचानक पेट दुख्यो। उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर त्यसले काम गरेन।

बोतल ठूलो भएकाले घाँटीबाट नभई मलद्वारबाट छिराइएको पाइएको चिकित्सकले जनाएका छन्। मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि  चन्द्रपुर अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनको पेटको एक्सरे गर्दा सिंगो रक्सीको बोतल देखिएको थियो। उक्त घटनापछि चिकित्सक नै आश्चर्यमा परे। 

kumari

उनीहरूले थप उपचारका लागि भरतपुर रिफर गरे। पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि  डा. नारायण बेलबासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो। करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा. बेलबासेले जानकारी दिए।

शल्यक्रिया भएको डेढ/दुई घण्टापछि बिरामी होसमा आएको डा. बेलबासेले बताए। अहिले बिरामी कुरा गर्न सक्ने अवस्थामा छन्। बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र  इन्फेक्सन  फैलिसकेको उनले बताए। 

नुर्सादको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएको पाइएको हो। चार दिनअघि साथी मोहम्मद समीरसँगै बसेर नुर्सादले मादक पदार्थ सेवन गरेका थिए।

नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएका थिए। त्यसको बदला लिन समीरले नुर्सादलाई शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खवाई बेहोस बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसपछि उनले रक्सीको बोतल मलद्वारबाट भित्र पसाइदिएका थिए।

प्रकाशित: Mar 07, 2023| 09:26 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।