शुक्रबार, जेठ १, २०८३

इन्टरपोलका अध्यक्ष ‘चीनमा वेपत्ता’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
पेरिस- इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनकी श्रीमतीले जानकारी दिएकी छन्। 
 
अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ।
 
उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमानका बारेमा थप केही थाहा नपाएको जानकारी दिए। फ्रान्सको लियोनबाट चीन प्रस्थान गरेका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिए। 

दुवै पक्षका अधिकारीहरूले उनको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ। इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ।
 
“फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,” विज्ञप्तिमा भनिएको छ। अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उनको खोजीका लागि परिचलन गर्ने भएको छ । 

मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित भएका थिए। उनको कार्यकाल आउँदो सन् २०२० सम्म छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।