आइतबार, वैशाख १३, २०८३

जङ्गलको डढेलो बस्तीमा पस्दा दुई घर जले

जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन्।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

National life
kumari

फिदिम- जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन्। कुम्मायक गाउँपालिका १ साठीमुरे जङ्गलमा अज्ञात व्यक्तिले लगाएको डढेलो गाउँमा पस्दा स्थानीय वसन्तकुमार राई र उहाँका छोरा छत्रबहादुर चाम्लिङ राईको घर जलेका हुन्।

आगलागी सोमबार साँझ ६ बजे सुरु भएको थियो। नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरीले प्रयास गरे पनि पर्याप्त पानीको अभावमा सम्भव नभएको प्रहरीले जनाएको छ। दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

उहाँका अनुसार आगो लाग्दा घर सहित अन्न, कपडा, भाँडा बर्तन नगद र सुन जल्दा २५ लाख रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Mar 07, 2023| 08:15 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।