बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति उम्मेदवारलाई मतदान गर्नेबारे राप्रपाले २४ गतेमात्रै निर्णय लिने

राष्ट्रपति उम्मेदवारलाई मतदान गर्नेबारे राप्रपाले २४ गतेमात्रै निर्णय लिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिका कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने निर्णय आगामी फाल्गुण २४ गतेमात्रै लिने भएको छ। 
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिका कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने निर्णय आगामी फाल्गुण २४ गतेमात्रै लिने भएको छ। 

National life

राप्रपाका नेताहरूलाई भेट्न पार्टी कार्यालय धुम्बाराही पुगेका कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलसँगको भेटमा राप्रपा नेताले २४ गते निर्णय लिने बताएको भेटमा सहभागी कांग्रेस नेता दीपक खड्काले बताए। 

नौ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलसहित गठबन्धनका नेताहरूले राप्रपाका नेतासँग भेटवार्ता गरेका थिए। 

गठबन्धनका नेताले राप्रपासँग रामचन्द्र पौडेलको पक्षमा भोट मागेको तथा राप्रपा नेताहरूले आगामी फागुन २४ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रपतिको निर्वाचनका बारेमा निर्णय गर्ने जानकारी दिएको खड्काले बताए। 

भेटमा राष्ट्रपतिका उम्मेदवार एवं कांग्रेस वरिष्ठ नेता पौडेलसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, दीपक खड्का, नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए।

Shivam cement

राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू डा प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, दीपक बोहरालगायत सहभागी थिए। राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र नेकपा (एमाले) बाट सुवास नेम्वाङ उम्मेदवार छन्। 

प्रकाशित: Mar 07, 2023| 07:08 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...