आइतबार, वैशाख १३, २०८३

पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला

पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । मृत भेटिनेमा जीवन बुडाल नाम रहेको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

बैतडी- पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । मृत भेटिनेमा जीवन बुडाल नाम रहेको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ।

National life

मृतक बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट,  टेक खत्री र मोहन ठगुन्नाका नाममा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन्। जाहेरीपछि प्रहरीले १२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।  

अनुसन्धानका क्रममा प्रहरीले जीवन बुडालको शव नजिकबाट बिष्फोटक पदार्थ फेला पारेपछि हिरासतमा रहेका १२ जनामाथि विस्फोटक पदार्थ ऐन अन्तर्गत थप मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  

जीवन बुडाल राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सूचक पदमा कार्यरत थिए। बिदामा घर आएका बेला दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा मृत फेला परेका हुन्।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान टोली बैतडी पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जीवनको शव पोष्टमार्टमपछि भीसेरा परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

kumari

प्रकाशित: Mar 06, 2023| 19:27 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।