शनिबार, जेठ २, २०८३

वरिष्ठ नेता पौडेलले गरे नेता खनालसँग भेट

निर्वाचन आउन तीन दिन बाँकी रहँदा वरिष्ठ नेता पौडेल राजनीतिक भेटको क्रमलाई तिव्रता दिएका छन्। आठ दलको साझा उम्मेदवारको रुपमा रहेका वरिष्ठ नेता पौडेल आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउने गरेका छन्। 
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

National life

काठमाडौं- फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसँग आज विहान भेट गरेका छन्। नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लू पुगेका थिए। 

निर्वाचन आउन तीन दिन बाँकी रहँदा वरिष्ठ नेता पौडेल राजनीतिक भेटको क्रमलाई तिव्रता दिएका छन्। आठ दलको साझा उम्मेदवारको रुपमा रहेका वरिष्ठ नेता पौडेल आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउने गरेका छन्। 

भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ।

प्रकाशित: Mar 06, 2023| 09:40 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...