आइतबार, वैशाख १३, २०८३

झापाबाट लागूऔषधसहित एक महिला र दुई पु्रुष पक्राउ

 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

National life
kumari

झापा- अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटलमा डेरा गरी तीन जनालाई प्रतिबन्धित लागूऔसधसहित पक्राउ गरेको छ। 

शिवसताक्षी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रेम सागर सावा,  मेचीनगर नगरपालिका-१२ बस्ने २० वर्षीय मनिस बराल र  मोरङको मिक्लाजुङ गाउँपालिका-४ बस्ने १९वर्षीयतिलु राईलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरिएको हो। 

उनीहरूको साथमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकोले निजहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको झापाका जिल्ला प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।

प्रकाशित: Mar 05, 2023| 08:45 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।