आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उधारो कारोबार बन्द गर्न मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको आग्रह 

उधारो कारोबार बन्द गर्न मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको आग्रह 

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले अहिले नेपाली अर्थतन्त्रमा समस्या देखिएको समाधानको पहल थाल्न सरकारलाई आग्रह गरेको छ।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

National life
kumari

तनहुँ- नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले अहिले नेपाली अर्थतन्त्रमा समस्या देखिएको समाधानको पहल थाल्न सरकारलाई आग्रह गरेको छ। तनहुँको बन्दीपुरमा बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले ३ बुँदे निर्णय गर्दै सरकारलाई समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो। 

संघका अध्यक्ष निमनाथ फुयालको अध्यक्षतामा बसेको बैठकले बैंकको चर्को ब्याजदर, तरलताको अभाव र अर्थतन्त्रमा देखिएको संकटबाट आर्थिक मन्दी सिर्जना भइ ब्यापार, उद्योग व्यवसायमा गम्भीर समस्या उत्पन्न भएको हुँदा सरकारलाई समस्या समाधानमा गम्भीर हुन ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

यसैगरी उधारो कारोबारलाई पूर्णरुपले बन्द गर्न आफ्ना सवै सदस्यहरुलाई आह्वान पनि गरेको छ। बन्दीपुर बैठकले संघका अध्यक्षसहित पदाधिकारीहरुको पदस्थापना, कार्यविभानजसहित विभिन्न अरु निर्णयहरु पनि भएको वरिष्ठ उपाध्यक्ष बिजेन्द्र विक्रम शाहले जानकारी दिए।

प्रकाशित: Mar 05, 2023| 07:45 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।