आइतबार, चैत १५, २०८२

पूर्व धर्मश्री महेश्वर महर्जन अन्तिम चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक धारी महेश्वर महर्जन १५ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरण मा प्रवेश गरेका छन् । 

८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेश एण्ड जिम कालिमाटीका महेश्वर शनिबार आयोजना हुने १५ औं धर्मश्रीको उपाधी नजिक पुगेका हुन् । उक्त तौल समूहमा मिडवेष्टर्नका विष्णु विक, सेप टु ढल्कोका उज्जल बज्राचार्य, फिटनेश स्टुडियोका प्रविन शाही, सेप टु ढल्कोका विशाल कँडेल र आयोजक नेपाल ब्यायाम मन्दिरका जनम लामा रहेका छन् ।

नेपाल ब्यायाम मन्दिको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहबाट फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ, फिटनेश स्टारका यदु कुमार बिश्वकर्मा, नेपाल ब्यायाम मन्दिरका शैलेन्द्र कुमार शर्मा र सुजन तामाङ्ग, ओम फिटनेशका मिन बहादुर चौधरी तथा नेपाल ब्यायाम मन्दिरका आशिष देवाजु पनि छनौट भएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ६५ केजी तौल समूहमा मि. हिमालय रामबहादुर दाहाल छनोट भए ।

७० केजी तौलमा सेप टु ढल्कोका उज्जल राज बज्राचार्य र किरण यादव, अक्सफोर्ड जिमका समिर श्रेष्ठ, फिटनेश स्टुडियोका बद्रि श्रेष्ठ, ब्रोन्ज फिटनेशका किरण श्रेष्ठ तथा नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठले पनि फाईनल चरणका लागि स्थान बनाए ।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल, रिभर फिल्ड फिटनेशका अशोक महर्जन, सेप टु ढल्कोका प्रवेश श्रेष्ठ, नेपाल जिमका नविन राना, गुड लाईफका सुरेश खड्का तथा नेपाल ब्यायाम मन्दिरका प्रवेश के.सी. पनि अन्तिम चरण प्रवेश गर्न सफल भए ।

शुक्रबार भएको प्रिजजिङ्ग चरणबाट आआफ्ना प्रतिद्वन्दिलाई पछि पार्दै प्रत्येक समूहबाट ६ खेलाडीहरु अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणमा प्रत्येक समूहमा प्रथम स्थान हात पार्ने खेलाडीहरुले धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।

धर्मश्री बिजेताले नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन् । यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।