आइतबार, वैशाख १३, २०८३

यात्रुबाट बढी भाडा असुल्ने पाँच जना पक्राउ

यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं- यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको ट्राफिक प्रहरीले आज बिहान बल्खु क्षेत्रमा विशेष अनुगमन गरी उनीहरूलाई पक्राउ गरेको हो। 

National life

होलीको अवसर पारेर काठमाण्डौबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक र काउण्टरले निर्धारित भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि प्रहरीले अनुगमन गरेको हो। 

पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकका २४ वर्षीय दुर्गा तामाङ, मकवानपुरका २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाडौंका ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराका २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटका २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन्। 

निर्धारण गरिएको भन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको छ।

प्रकाशित: Mar 04, 2023| 10:33 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।