सोमबार, वैशाख २४, २०८१

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त हुन्छन्।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

अत्तरिया– कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो। यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन्। तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन्।

triton college

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त हुन्छन्। उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पनि पाल्छन्। कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन्।

कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ। “कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन”, उनले भने, “मैलेमात्र महिनाको रु डेढदेखि दुई लाख आम्दानी गर्छु।” पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उनको भनाइ छ।

सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौँबाट यता आएको सुनाए। सुरुमा रु ३० लाख उनको फार्ममा लगानी भएको छ। अहिले लगानी रु ६० लाख पुग्यो। फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन्। “दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौँ”, विकासले भने, “त्यसको प्रतिफल राम्रै छ।”

सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ। “नेपालमा मात्र होइन भारतको केरालासमेतबाट माग आउँछ तर पुर्‍याउन सकेका छैनौँ”, उनले भने। कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ। त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ। कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ। आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ।

corrent noodles
Metro Mart

दश वर्षको सम्झौतामा वार्षिक रु एक लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर सो व्यवसाय सुरु गरिएको हो। साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ। बिक्री पछि अहिले छ सयमात्र कालिज फार्ममा छन्। सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ।

सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो। “फार्म हेर्नमात्र धेरै आउँछन्”, उनले भने, “ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौँ।”

फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उनको गुनासो छ। “कालिज, खुकुरा बिरामी भए आफैँ गएर औषधि ल्याउँछु। चार वर्ष अनुभव भयो”, उनले भने, “डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैँ खटिनुपर्छ।” उनले कुखुराका लागि छुट्टै फार्म निर्माण गरेका छन्। फार्ममा एक हजार गिरिराज कुखुरा छ। सुरक्षा गर्न चारैतिर करेन्ट आपूर्ति, सिसी क्यामेरा र दुईवटा कुकुर राखिएको छ।

कालिजपालन व्यवसाय नेपालमा नयाँ हो। यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाइँदैन। विकासले ह्याचरिङसमेतको व्यवस्था गरेका छन्। अन्य पक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ। नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री गर्दै आएकाले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताए। उनका अनुसार रु तीन सय ५० देखि तीन हजार पाँच सयसम्ममा कालिज बिक्री हुन्छ। “दानापानी गरेर एउटा चल्लाकै लागत रु एक हजारसम्म पर्छ। छ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई रु तीन हजारसम्ममा बिक्री गछौँ”, व्यवसायी विकासले भने।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ। विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाइ छ। नेपाल सरकारले कालिजपालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन। कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर कालिजको सङ्ख्या बढाउने उनको लक्ष्य छ। कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पुर्‍याउने योजना उनको छ। “ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुपर्‍यो मासुको बजारको समस्या छैन”, उनले भने। कालिज छ महिनादेखि मासुका लागि तयार हुन्छ। भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ। पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ।

यसले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५० देखि ५५ वटा अण्डा पार्छ। तीस हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उहाँको विश्वास छ। सानो बच्चामै एक–दुईवटा खोप दिएपछि कुनै रोग कालिजमा देखिएको छैन। विकासले कालिजमा अन्य पक्षीजस्तो रोग नदेखिने गरेको बताउनुभयो। कालिजका लागि पहाडी क्षेत्रको भू–भाग र हावापानी राम्रो हुन्छ।

“कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ, त्यो भयो भने लागत पनि घट्न जान्छ”, उनले भने। फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ। विकासले राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको सुनाए। विकासले मात्र होइन खानीडाँडामा कर्मचारीदेखि नेतासम्मले कालिजपालन गरेका छन्।

प्रकाशित: Mar 04, 2023| 08:30 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।