आइतबार, वैशाख २३, २०८१

आज दिउँसो काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना

देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं- देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ। आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपख यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

triton college

काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो। साथै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली नै रहने अनुमान छ। अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका अरु बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने छ।

भोलि लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना देखिएको छ। अबको तीन दिन कतै कतै मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षा पनि हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित: Mar 04, 2023| 07:53 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।