शनिबार, जेठ २, २०८३

रविसँग भोट माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र पौडेल

पौडेलसँग कांग्रेस नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन्।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदमा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन्।

National life

पौडेलसँग कांग्रेस नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन्।

पौडेलले रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतसँग भेट गरी आसन्न चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।

लामिछानेसँग राष्ट्रपतिका अर्का उम्मेदवार सुवास नेम्वाङ पनि रास्वपाको पार्टी कार्यालय पुगेर मत मागिसकेका छन्। रास्वपा वर्तमान सरकारबाट बाहिरिए पनि विश्वासको मत भने कायम राखेको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ।

प्रकाशित: Mar 03, 2023| 20:29 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...