मंगलबार, साउन ५, २०८३

इन्डो नेपाल कराते सेमिनार तथा बन्द प्रशिक्षण रुपन्देहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
भैरहवा- इन्डो नेपाल कराँते सेमिनार तथा बन्द प्रशिक्षणको तयारी पुरा भएको छ। नेपाल र भारतकागरी करिब डेढ सय कराते खेलाडीको सहभागतिा रहने उक्त सेमिनारको तयारी पुरा भएको जापान गोजु रीयो करांते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजि रानाले जानकारी दिए।

रुपन्देहीको कोटिहवा स्थित मगर भवनमा यहि असोज २२ गते हुने उक्त सेमिनारमा विभिन्न उमेर समुहका खेलाडी सहभागी हुनेछन्।

स्वास्थ्य र संस्कारकोलागी कराते भन्ने मुल नाराका साथ जापान गोजु रीयो करांते डो मिसन संघ नेपालको आयोजनामा उक्त सेमिनार हुन थालेको हो । सेमिनारमा नेपालका १५ जिल्लाका एक सय र भारतका बैंगलोर स्थित जापान गोजुरीयो करातें डो एशोसियसन बैंगलोर तथा राजिस्थान र हरियाणा करातें बाट गरी डेढ सय खेलाडी सहभागी हुनेछन्।

असोज २२ गतेदेखी ३१ गते सम्म चल्ने उक्त सेमिनार तथा बन्द प्रशिक्षणलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको राष्ट्रिय खेलकुद परिषदका प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेले जनाए।

प्रशिक्षक रानाले उक्त प्रशिक्षणमा जापानको टोकियो स्थित जापान गोजु रीयो करांते डो मिसन संघको मुख्यालयबाट प्राप्त नयां नियम र प्राविधीकको बारेमा समेत प्रशिक्षण दिईनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।