मंगलबार, मंसिर १६, २०८२

सीतापाइलामा खुल्यो सीके सिनेमाज् 

१२ करोड लगानीमा निर्माण भएको हलमा ७.१ डल्बी एटमस ध्वनि प्रणाली जडान गरिएको छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सीतापाइलामा सीके सिनेमाज् मल्टिप्लेक्स सञ्चालनमा आएको छ। शुक्रबार प्रतिनिधिसभा सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिका उपमेयर सुशीला अधिकारीलगायत सहभागी कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सिनेमा हल उद्घाटन गरेका हुन्।

सो अवसरमा अध्यक्ष केसीले गाउँ–गाउँमा फिल्म हल खोल्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘फिल्म हल कलाकारका लागि मात्र नभई फिल्मप्रेमीका निम्ति महत्त्वपूर्ण भएकधाले सहरमा मात्रै नभई गाउँ–गाउँमा हल खोलिनुपर्छ।’

हल सञ्चालन अवसरमा सांसद श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेकामा सञ्चालकलाई धन्यवाद दिए। दुई अडिटोरियम सुविधाको हलको क्षमता ३९१ सिट रहेको सञ्चाक नरेन्द्र महर्जनले बताए। १२ करोड लगानीमा निर्माण भएको हलमा ७.१ डल्बी एटमस ध्वनि प्रणाली जडान गरिएको छ।

प्रकाशित: Mar 03, 2023| 16:19 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्