मंगलबार, साउन ५, २०८३

पहिलो इनिङमा भारतको ठुलो स्कोर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- पहिलो टेस्टको दोस्रो दिन भारतले ९ विकेट गुमाउदै ६४९ रनको ठुलो स्कोर जोडेको छ । दोस्रो दिन भारतका लागि रविन्द्र जडेजाले करियरकै उत्कृष्ट ब्याटिङ गरेपछि भारतले ६४९ रनको ठुलो स्कोर जोडेको हो । यससँगै भारतले पहिलो इनिङ समाप्तीको घोषणा गरेको छ ।

पहिलो इनिङमा भारतलाई विशाल योगफल तयार गर्न १८ बर्षीय पृथ्वी शा डेब्यु टस्टमा नै उत्कृष्ट ब्याटिङ गरेका थिए । त्यस्तै विराट कोहली र रविन्द्र जडेजाले शतक प्रहार गर्दा ऋषभ पन्त र चेतेश्वर पुजराले अर्धशतक प्रहार गरे । 

राजकोटमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले दोस्रो दिनको दोस्रो शेशनमा इनिङ समाप्तीको घोषणा गरेको हो । शा ले १५४ बलमा १९ चौका प्रहार गर्दै १३४ रन जोडे । विराट कोहलीले २३० बलमा १० चौका प्रहार गर्दै १३९ र १३२ बलमा समान ५ छक्का र चौका प्रहार गर्दै जडेजाले शतक बनाए । 

यो जडेजाको टेस्ट क्रिकेटमा करियरको पहिलो विसाल योगफल हो । भारतका चेतेश्वर पुजरा ८६ र ऋषभ पन्तले ९२ रन प्रहार गरे ।

वेस्टइन्डिजका लागि देवेन्द्र बिशू ४ तथा ,शेरमान लुईस २ विकेट लिए । दोस्रो दिनको अन्तिम तेस्रो शेसनमा जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले खराव सुरुवात गरेको छा ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।