शनिबार, जेठ २, २०८३

राष्ट्रपतिमा भोट माग्दै लोसपा कार्यालय पुगे नेम्बाङ

सचिव योगेश भट्टराई र सांसद भगवती चौधरीसहितका नेतालाई सँगै लिएर राष्ट्रपतिमा भोट दिन आग्रह गर्दै नेम्बाङ लोसपा मुख्यालय बबरमहल पुगेका हुन्।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– राष्ट्रपति उम्मेदवारका प्रत्यासी एमाले नेता एवं उपाध्यक्ष सुवास नेम्बाङ भोट माग्दै लोकतान्त्रिक समाजवादी पार्टी मुख्यालय पुगेका छन्।

National life

शुक्रबार सचिव योगेश भट्टराई र सांसद भगवती चौधरीसहितका नेतालाई सँगै लिएर राष्ट्रपतिमा भोट दिन आग्रह गर्दै नेम्बाङ लोसपा मुख्यालय बबरमहल पुगेका हुन्।

लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठकपछि सल्लाह गरेर राष्ट्रपतिमा मतदान गर्ने निर्णयबारेको जानकारी दिइने बताएको सचिव भट्टराईको भनाइ छ।

भट्टराईले आठ दलीय गठबन्धन स्थायी नभएकाले राष्ट्रपतिमा नेम्बाङको जित हुने विश्वास व्यक्त गरे। एमालेले अब नागरिक उन्मुक्ति र जनमत पार्टीसँग पनि राष्ट्रपतिमा मत दिन आग्रह गर्नेछ।

प्रकाशित: Mar 03, 2023| 15:39 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...