शनिबार, जेठ २, २०८३

स्ववियु निर्वाचनमा दर्ता हुँदै विद्यार्थीका संगठन

शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुन सबै क्याम्पसका विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराउनुपर्नेछ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शुक्रबार विद्यार्थी संगठनले दर्ता गराउँँदै छन्। 

National life

शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुन सबै क्याम्पसका विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराउनुपर्नेछ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी संठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए।

निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले २७ फागुन बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्नेछ। 

यस्तै, स्ववियु निर्वाचनका लागि आगामी ५ चैत बिहान ८ देखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ। देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुनेछ।

प्रकाशित: Mar 03, 2023| 12:08 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...