शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरले तोक्यो समयसीमा

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरले तोक्यो समयसीमा

पशुपति क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सहयोगका लागि कोषले पत्र लेखेपछि महानगरले समयसीमा तोकेरै चेतावनी दिएको हो।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– काठमाडौं महानगरले २४ घन्टाभित्र पशुपति क्षेत्रमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम दिएको छ।
महानगर टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि निर्देशनसहितको अल्टिमेटम दिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताएका हुन्। 

triton college

कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ। 

यसैगरी पशुपति क्षेत्रमा २० बढी सटर दर्ताबिनै सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको  छ। धर्मशालाले नक्सापासबिनै  संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरको भनाइ छ।

बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रुपमा निर्माण भएका संरचना, सम्झौता विपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो। 

सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घन्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 03, 2023| 11:12 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।