शनिबार, जेठ २, २०८३

आगामी कार्यक्रमको खाका बनाउन राप्रपाद्वारा समिति गठन

केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

National life

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ।  

केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यस्तै आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरुको समस्या समाधानबारे छानबिन गरी १५ दिनभित्र सुझाव पेस गर्नेगरी केन्द्रीय सल्लाहकार समिति अध्यक्ष निरन्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

प्रकाशित: Mar 02, 2023| 20:28 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...