शनिबार, जेठ २, २०८३

कर्णाली सरकारलाई राप्रपाको समर्थन फिर्ता

राप्रपा प्रदेशसभा सदस्य सन्तोषी शाहीले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष  लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएकी हुन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री नियुक्त राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ।

National life

बिहीबार राप्रपा प्रदेशसभा सदस्य सन्तोषी शाहीले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष  लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएकी हुन्।

राप्रपाले संघीय सरकारलाई दिएको समर्थन फिर्तासँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो।

शाहीले भनिन्, ‘परिवर्तित राजनीतिक परिवेशमा राप्रपा सत्तामा रहिरहनु उपयुक्त नहुने केन्द्र पार्टीले निर्णय गरेको छ। सोही निर्णयअनुसार राप्रपाले देशभरि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ।’ ४० सदस्यीय कर्णाली प्रदेशसभामा राप्रपाको एक सिट मात्रै छ।

प्रकाशित: Mar 02, 2023| 17:09 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...