शनिबार, जेठ २, २०८३

राजनीतिले सही बाटो समात्यो : नेता प्रकाशमान

एमाले नेतृत्वको सात दलीय गठबन्धनका कारण केही समय राजनीति असहज रुपमा अघि बढे पनि अहिले आठ दलीय गठबन्धन बनेकाले सबै ठीकठाक हुन थालेको नेता सिंहको दाबी।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– संघीय सांसद प्रकाशमान सिंहले कांग्रेसको पहलमा आठ दलीय गठबन्धन जन्मिएपछि राजनीति सही बाटोतिर हिँड्न लागेको दाबी गरेका छन्।

National life

बिहीबार धनुषा कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले देशको राजनीति सही बाटोमा आएको बताएका हुन्। 

एमाले नेतृत्वको सात दलीय गठबन्धनका कारण केही समय राजनीतिक असहज रुपमा अघि बढे पनि अहिले जनमतअनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको सिंहले जिकिर गरे। 

उनले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेकाले कुनै पनि द्विविधा नराख्न आग्रह गरे। सरकार आठ दलबीचको समझदारीबमोजिम अगाडि बढ्ने हुँदा मुलुकले सही निकास पाउने सिंहले बताए। 

मुलुकको अर्थतन्त्र संकटमा रहेको हुँदा सरकारको पहिलो काम नागरिकमा आशा जगाउनुतिर हुनुपर्ने सुझाव उनले दिए।

प्रकाशित: Mar 02, 2023| 11:08 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...