शनिबार, जेठ २, २०८३

अब प्रदेश-१ को नाम कोसी

आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएसँगै प्रदेशको नाम टुंगो लगाएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- प्रदेश १ प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाएको छ। प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोसी राख्ने प्रस्ताव पास गरेको हो।

National life

आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएसँगै प्रदेशको नाम टुंगो लगाएको हो।

प्रदेश सभाले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ ख १ बमोजिम  प्रस्ताव आह्वान गरेको थियो।

सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको हो। सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनुपर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत परेको घोषणा गरेका छन्। 

विपक्षमा भने जम्मा ४ मत परेको थियो। विपक्षमा नेकपा एकीकृत समाजवादीका चार जनाले मतदान गरेका हुन्। ९३ सदस्यीय प्रदेश सभामा बुधबार मतदानका बेला ८७ जना सांसद उपस्थित थिए।

प्रकाशित: Mar 01, 2023| 21:50 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...