मंगलबार, साउन ५, २०८३

विश्वकप एक अतित भैसकेको छ : नेयमार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पेरीस (एजेनसी)- रुस विश्वकपलाई लिएर भएको आलोचना प्रति ब्राजिलियन फरवार्ड नेयमारले अतितको पछि नलाग्न आग्रह गरेका छन् । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेयमारका अनुसार विश्वकप सकिएको र अतितलाई बिर्सेर अगाढी बढ्नु पर्ने बताएका हुन् । 

‘मेरो चोट... विश्वकप... यो सब अतितमा हो । यो कठिन थियो । तर, अब यो मेरा लागि अतित बनि सकेको छ । उक्त समय धेरै निराशा भएको थिए । अब म अगाढी बढिरहेको छु ।’ नेयमारले भने, ‘आज मसँग दुखी हुँदा हुँदै पनि खुसी हुनुका धेरै कारण छन् ।’

प्रशिक्षक टुचेलले नेयमार शतप्रतिशत फिट रहेको भनाईमा उनी सहमत छन् । ‘म अहिले सम्म शतप्रतिशत छैन् । तर, कोहि पनि छैनन् की यो सिजनको शुरुवात हो । टिम फेब्रअरी, मार्चमा तयार हुनका लागि योजना बनाई रहेको छ, नेयमारले भने ।’ 

उनले प्रशिक्षक थोमस टुचेलको पनि प्रसंसा गरेका छन् । उनका अनुसार टुचेलले क्लबमा केहि नयाँ ल्याएको उनको भनाई थियो । उनले भने, ‘टुचेलले पीएसजीमा केहि नयाँ ल्याएका छन् । मैले देखेको छु की उनी कति जित्न चाहन्छन भनेर । उनलाई मैले आफ्नो पहिलो कुराकानिमा सहि देखे ।’ 

उनले थपे, ‘म स्वयम जे भन्दै छु त्यो मलाई थाहा भएको कुरा हो । उनी एक युवा प्रशिक्षक हुन् । उनी हामीलाई हरेक प्रशिक्षण सत्रमा देखाउछन् । उनीसँग काम गर्नु एक राम्रो अनुभव हो ।’

च्याम्पियन्स लिग जित्नु धेरै अफ्ट्यारो छ । नेयमारले भने, ‘तपाइले हरेक सानो जानकारीमा ध्यान दिनु पर्छ । हरेक खेलको रहेक दोस्रो खेलाडीका लागि ध्यान केन्द्रित गर्नु पर्छ र सधै आफ्नो केहि उत्कृष्ट दिनु पर्छ ।’ उनले थपे, ‘यहि हो जो हामी चाहन्छौ । हामी एक महान पीएसजी बन्न चाहन्छौ र सबैलाई आश्चर्यचकित पार्न चाहन्छौ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।