काठमाडौं- भुटानमा जारी साफ यु-१८ महिला फुटबल च्याम्पियनसिपमा आज (शुक्रबार) सेमिफाइनलमा नेपालले उपाघिको दावेदार मानिएको भारतको सामना गर्दै छ । खेल भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा दिउसो ३:१५ बजेपछि खेल शुरु हुनेछ ।
नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको फाइनमा पुग्ने लक्ष्यका साथ मैदानमका प्रवेश गर्ने छ । तर, भारतविरुद्धको खेल नेपाललाई निकै गाह्रो हुनेछ । यता, भारत पनि नेपालाई सहजै पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
नेपाल समूह ‘बी’ को उपविजेता बनेपछि सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । भारत समूह ‘ए’ को विजेता हो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि १२-० को सहज जित निकाल्दा बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।
अजै हुने सेमिफाइनलको अर्को खेलमा आयोजक भुटानले उपाधिको प्रवल दावेदार बंगलादेशसँग साँझ ६:४५ बजे प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४